Logo
Logo

विवाहको उमेर १८ वर्ष राख्न सुझाव


378
Shares

काठमाडौं । महिला र पुरुषको विवाहको उमेर १८ वर्ष राख्न सुझाव दिइएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार उक्त सुझावसहितको प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदन बुझाइँदै काठमाडौँ, २ माघः प्रतिनिधि सभा कानून, न्याय तथा मानव अधिकार समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति विमला सुवेदीलाई सङ्घीय संसदले बनाएको ऐन÷कानुन कार्यान्वयनका चुनौती विषयमा कैलालीको धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ बुझाउँदै सांसद पुष्पबहादुर शाह । तस्बिरः रत्न श्रेष्ठ÷रासस

मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानुन समितिले तीन उपसमिति गठन गरेको थियो । ती उपसमितिले समितिसमक्ष प्रतिवेदन पेस गरेका छन् ।

विवाहको वैध उमेर घटाउनु उपयुक्त हुने उपसमितिको अध्ययनको निष्कर्ष छ । हाल विवाहको उमेर महिला र पुरुष दुवैको २० वर्ष कायम छ ।

प्रतिक्रिया दिनुहोस्