काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अहिले सत्ताको दुरुपयोग भइरहेको बताएका छन् ।
बुधवार काठमाडौंमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले संविधान र संसद्लाई उपेक्षा गर्ने काम गरिरहेको र सत्ताको दुरुपयोग भइरहेको बताएका हुन् । संसदीय समितिमा विधेयकहरू रहेको अवस्थामा नियमबिपरित अध्यादेश ल्याउने काम भइरहेकाले खबरदारीका साथ दबाब दिनुपर्ने उनले बताए ।
उनले समितिमा विचाराधीन विधेयक फिर्ता भएपछिमात्रै अध्यादेश ल्याउन मिल्ने जिकिर गरे । अध्यादेश ल्याउनै पर्ने भए सवै दलसँग छलफल गर्दा राम्रो हुने उनको भनाइ छ ।