Logo
Logo

नबिल बैंकद्वारा राउटे समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर


252
Shares

सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्य शिविरमा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको बैंकले जनाएको छ । जसमध्ये ५९ जना महिला र ७८ जना पुरुष रहेका थिए ।

यो शिविर कार्यक्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरिएको बैंकले जनाएको छ । जुका, भिटामिन, र आइरन चक्की जस्ता औषधिहरू पनि वितरण गरिएको बैंकको भनाइ छ ।

राउटे समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली र सरसफाइको अभावका कारण विभिन्न रोगहरू देखा पर्ने समस्या रहेको कारण स्वास्थ्य शिविर यो समुदायलाई केन्द्रित गरी सञ्चालन गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्