काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । आज जिल्ला अदालत काठमाडौंले तोकेको ६० लाख धरौटी तिरेर उनी हिरासतबाट निस्किए ।
थुनामुक्त भएपछि रविले आफू न्याय प्रक्रियामा सघाउन आएको र अदालतप्रति सम्मान रहेको बताए । ‘यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ,’ रविले भने ।