Logo
Logo

इन्सपेक्टरसहित चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ असार ।
सीमा प्रहरी चौकी टिमुरेमा कार्यरत प्रहरी कर्मचारीहरु प्रहरी निरीक्षक खेम प्रसाद नेपालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी कसुरदार सहित सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी लिएको र कसुरदारलाई छोडेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा देहायका व्यक्तिहरुले देहाय बमोजिम भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।उनीहरुलाई तीन महिनादेखि आयोगले हिरासतमा राखेको थियो ।


इन्सपेक्टर नेपाल, हवल्दार रामकाजी लामा, पुरुषोत्तम खत्री तथा रामशरण रिमालविरुद्ध मुद्दा दायर भएको हो ।
चरविरुद्ध यस्तो छ अख्तियारको दाबी

प्रहरी निरीक्षक खेम प्रसाद नेपाल 

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालले मिति २०७६/०८/२२ गते केरुङ्ग नाकाबाट आफैंले गई गाडी नियन्त्रणमा लिई कार्यालयमा ल्याई चेकजाँच गरी फेला पारेको सुन आफ्नै मातहतका प्रहरी हवल्दार रामकाजी लामा र पुरुषोत्तम खत्रीलाई आदेश दिई बिक्री गरीरगराई बाँडफाँड गरी आफुले निर्वाह गर्नुपर्ने कार्यालय प्रमुखको पदीय जिम्मेवारीसमेतको दुरुपयोग गरी गैरकानूनी लाभ राजश्व चुहावट गर्ने गराउने कार्य गरी भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएको हुँदा निज खेम प्रसाद नेपालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज खेम प्रसाद नेपाललाई उक्त १११ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.६,७७,५९९।( (छ लाख सतहत्तर हजार पाँच सय उन्नान्सय रुपैंया) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगो दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिइएको छ ।

प्रहरी हवल्दार रामकाजी लामा 

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार रामकाजी लामाले मिति २०७६/०८/२२ गते छोवाङ्ग तामाङ्गको सूचनाको आधारमा केरुङ्ग नाकाबाट टिमुरेतर्फ आउदै गरेको टाटासुमो गाडी नियन्त्रणमा लिई उक्त गाडीमा सवार पुरुष व्यक्तिबाट १११ ग्राम सुन लिई सो सुन भुपाल घलेसमेतको सहयोगमा काठमाडौंमा आई बिक्री गरी बाँडफाँड गरी गैरकानूनी लाभ राजश्व चुहावट गर्ने गराउने कार्य गरी भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएको हुँदा निज रामकाजी लामाले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज रामकाजी लामालाई उक्त १११ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.६,७७,५९९।( (छ लाख सतहत्तर हजार पाँच सय उन्नान्सय रुपैंया) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगो दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिइएको छ ।

प्रहरी हवल्दार पुरुषोत्तम खत्री 

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार पुरुषोत्तम खत्रीले मिति २०७६/०८/२२ गते केरुङ्ग नाकाबाट टिमुरेतर्फ आउदै गरेको टाटासुमो गाडी नियन्त्रणमा लिई उक्त गाडीमा सवार पुरुष व्यक्तिबाट लिएको १११ ग्राम सुन रामकाजी लामामार्फत बिक्री एवं भागबण्डासमेत गरी गैरकानूनी लाभ लिई राजश्व चुहावट गर्नेरगराउने कार्य गरी भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएको हुँदा निज पुरुषोत्तम खत्रीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) को कसुर भएको स(प्रमाण पुष्टि हुन आएकोले निज पुरुषोत्तम खत्रीलाई उक्त १११ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.६,७७,५९९।( (छ लाख सतहत्तर हजार पाँच सय उन्नान्सय रुपैंया) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगो दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिइएको छ ।

रामशरण रिमाल

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार रामशरण रिमालले मिति २०७६/०८/२२ गते केरुङ्ग नाकाबाट टिमुरेतर्फ आउँदै गरेको टाटासुमो गाडी कार्यालय परिसरमा ल्याई चेकजाँच गर्दा फेला परेको उक्त १११ ग्राम सुन बिक्री गर्ने कार्यमा प्रहरी हवल्दार रामकाजी लामालाई सहयोग गरी गैरकानूनी लाभ लिई राजश्व चुहावट गर्ने गराउने कार्य गरी भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएको हुँदा निज रामशरण रिमालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज रामशरण रिमाललाई उक्त १११ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.६,७७,५९९।( (छ लाख सतहत्तर हजार पाँच सय उन्नान्सय रुपैंया) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगो दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्