काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिकामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकल चालक ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक २७ वर्षीय रोमन थारु छन् ।
उनीहरुको अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।