Logo
Logo

आज चार संसदीय समितिको बैठक बस्दै


630
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत आज चार समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे शुरु हुनेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे नै बस्ने छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्