Logo
Logo

मेलिनाले गरिन् सुटुक्कै इन्गेजमेन्ट


10.7k
Shares

काठमाडौं । चर्चित गायिका मेलिना राईले इलामका गुरुङ थरका युवकसँग इन्गेजमेन्ट गरेकी छन् । काठमाडौंस्थित आफ्नै घरमा परिवारजन र नजिकका आफन्तहरुको सिमित उपस्थितिमा मेलिना जोडीको इन्गेजमेन्ट भएको हो ।

सुटक्कै इन्गेजमेन्ट गरेकी मेलिनाको भोलि (शुक्रबार) नै विवाह समारोह हुँदैछ । विवाहमा समेत घरपरिवार र नजिकका छिमेकी तथा आफन्तजनलाई मात्र निम्तो दिइएको बताइएको छ ।

स्रोतले भन्यो, ‘विवाहमा खाशै धेरैलाई बोलाइएको छैन । आफन्त र परिवारको साधारण जमघटमा सिवाह गर्न लागिएको हो । त्यसैले हल्ला गरिएको छैन ।’ मेलिनाले प्रेमपछि मागी विवाह गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्