काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग समन्वय र छलफल गरेरै विभिन्न अध्यादेश ल्याएको बताएको छ ।
आज बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुसँगको छलफलमा
महामन्त्री गगनकुमार थापाले पार्टीसँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याइएको जानकारी गराएका हुन् ।
पत्रकारसँग बोल्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रधानमन्त्रीले पार्टीसँग छलफल गरेरै विभिन्न अध्यादेश ल्याएको छलफलमा ब्रिफिङ भएको जानकारी दिए ।
‘सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै अध्यादेश आएको हो । यसमा अनावश्यक चर्चा परिचर्चा गर्न आवश्यक छैन भनेर उहाँले भन्नुभयो’, गगनको भनाई उदृत गर्दै उनले भने ।
देउवा निवासमा पार्टीबाट ओली नेतृत्वको सरकारमा गएका १० मन्त्री र २ राज्यमन्त्रीको कामको समीक्षा भइरहेको छ ।