काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले सोचेअनुसार काम गर्न नसकेको र अप्ठ्याराहरू बाँकी रहेको ब्रिफिङ गरेका छन् ।
बिहीबार सभापति देउवा निवास बूढानीलकण्ठमा बैठकमा बोलाइएका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा भइरहेका कामबारे ब्रिफिङ गरेका हुन् । बैठकपछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रीहरूबाट प्रत्येक मन्त्रालयको विस्तृत जानकारी गराउने काम भएको बताए । सभापति देउवाले उनीहरुसँग अहिलेसम्म के कस्ता काम भए र भविष्यमा कसरी काम गर्दै मन्त्रालयलाई प्रभावकारी बनाउने भन्ने विषय ब्रिफिङ गरेका थिए ।
मन्त्रीहरूले काम गर्ने जुन सोचका साथ अघि बढेपनि अझैपनि यसमा समस्या रहेको बताएका थिए । ‘सिधै अप्ठ्यारो भएको जस्तो लाग्दैन । तर सोचे अनुसारको काममा जति चाँडो हुनुपर्ने जति अगाडि बढ्नुपर्ने त्यो कुरा कहीँ न कहिबाट समस्या भएको महसुस गरेका छन्’ मन्त्री चौधरीले भने, ‘तर, हाम्रा नेताहरू मिलेर त्यसलाई समाधान गर्ने उपायहरूबारे बताउनु भएको छ ।’