Logo
Logo

रविविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ताको तयारी


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा अर्को मुद्दा दायर गर्ने तयारी भएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध आज सरकारी वकिलको कार्यालयल आज बिहीबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ अदालतबाट बुधवार धरौटीमा रिहा भएका लामिछानेविरुद्ध आज साँझासम्म मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले जानकारी दिए ।

प्रहरीले गत शुक्रवार नै लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी बनाउँदै मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ ।

उक्त प्रकरणमा पुराना २८ र नयाँ १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजय पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्