Logo
Logo

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो ‘रिकरिङ्ग बचत खाता’


252
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउन्ट सञ्चालनमा ल्याएको छ । बैंकले बालबालिकाहरूको भोलिको दिनहरूमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्ने गरी बचत मै मुद्दती सरहको ब्याज पाइने एकाउन्ट सञ्चालनमा ल्याएको हो ।

यस खाता अन्तर्गत बचतकर्ताले १ वर्ष देखी १० वर्ष सम्म मासिक वा त्रैमासिक रूपमा एक निश्चित रकम निरन्तर रूपमा बचत गर्न सक्नेछन् जसबाट १ वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्ति पश्चात् एक मुष्ट रकम प्राप्त गर्न सकिनेछ । मुद्दती खाता जस्तो धेरै रकम पनि नचाहिने, मात्र ५०० बाट समेत सुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरूको शिक्षा दीक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट खाता ग्राहकको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्