Logo
Logo

शुक्रबार ४२६ जनामा कोरोना पुष्टि, संक्रमित ८ हजार २ सय ७४


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

काठमाडौं, ५ असार । नेपालमा कोरोनाभाइरसको संक्रमित दिनदिनै बढ्दै गएको छ । शुक्रबार आजमात्रै ४२६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यो २४ घण्टामा थपिएको संक्रमितको संख्या हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४ सय २६ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएका छन् । जसमा महिला ९ जना र पुरुष २०७ जना मन्त्रालयले जानकारी दिएको छ । हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । नेपालमा शुक्रबारसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्