Logo
Logo

राति १० बजेदेखि ५ बजेसम्म हिँडडुलमा रोक, १५ जनाभन्दा बढी भेला हुन नपाइने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ असार । सरकारले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन अवधिमा राति हिँडडुल गर्न नपाइने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो ।
गत २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन १ असारदेखि केही खुकुलो भएपछि गृहमन्त्रालयले अनावश्यक हिँडडुल गर्नेमाथि कडाई गर्ने निर्णय गरेको हो ।
गृहको सुरक्षा मापदण्डमा विवाह, व्रतबन्ध, मृत्यु संस्कारजस्ता कार्यमा १५ जनाभन्दा बढीलाई भेलामा प्रतिबन्ध लगाइएको छ । सुरक्षा मापदण्डमा उद्योगमा काम गर्दा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ ।
कार्यस्थलमा रहँदा वा हिँडडुल गर्दा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्