काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १३ सय रुपैयाँले बढेको हो ।
बिहीबार एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । हिजो (बिहीबार) चाँदी प्रतितोला एक हजार ८ सय ८० मा किनबेच भएको थियो ।