काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबार बसेको विपक्षी दलहरूको बैठकपछि पत्रकार सम्मलेन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
वर्तमान सरकारले सत्तामा बसिरहने आधार गुमाएको निष्कर्ष विपक्षी ६ दलको रहेको प्रचण्डको भनाइ छ । प्रचण्डले भने, ‘गठबन्धन गर्दा जे घोषणा गरेको थियो, ती कामहरू केही पनि अगाडि बढेका छैनन् । संविधान संशोधन त प्रधानमन्त्री आफैले २०८७ सालमा भनिसकेपछि र अन्य सुशासनकाबारे भनिएका कुरा ठीक उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपले सरकारमा बसिराख्ने आधार गुमाएको छ । नैतिकताको आधारमा भन्ने हो भने राजीनामा दिनु नै उचित हुन्छ ।’
विपक्षी दलहरूले यथाशीघ्र संसदको हिउँदे अधिवेशन बोलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । आफूहरूको आवाज नसुने विशेष अधिवेशन माग गर्ने चेतावनी विपक्षी दलहरूको छ ।