काठमाडौँ । चर्चित गायिका मेलिना राईले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा शुक्रबार विवाह गरेका छन् ।
गायिका राईले गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा विवाह गरेका हुन् । विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी थिए ।
स्रोतका अनुसार इलामका ध्रुव पेसाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाहको तयारी केही सातादेखि सुरु भए पनि उनीहरूले इन्गेजमेन्ट केही दिन अगाडि गरेका थिए ।