काठमाडौं, ६ असार ।
नेपालीसँग बिहे गर्ने बिदेशी महिलाले सात वर्षपछि मात्र नेपाली नागरिकता पाउने भएकी छिन् । सत्तारुढ नेकपाले यससम्बन्धमा शनिबार निर्णय गरेको हो ।
नागरिकतासम्बन्धि बिधेयक हाल संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ । समितिमा नेकपाकै बाहुल्यता भएकाले नेकपाको निर्णयअनुसार नै ऐन बन्ने लगभग निश्चित छ ।
शनिबार बसेको नेकपाको बैठकले सात वर्षपछि नागरिकता दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।