Logo
Logo

आत्मा विमुग्धतावादीको कायान्तरण


यादव शर्मा

756
Shares

आत्माविमुग्धता अर्थात् नारसिसिजम एउटा खतरानाक मनोरोग हो । यो रोगबाट नेतृत्वदायी निकायमा रहेका व्यक्तिहरू जोगिनुपर्छ । यो रोगले ग्रसित व्यक्ति हेर्दा स्वस्थ देखिन्छ तर देश र जनताका लागि घातक हुन्छ ।

आत्मा विमुग्धतावादीलाई नारसिसिजम भनिन्छ भने त्यसको उत्पादन परपीडन हो । आत्मा प्रशंसा आफू बाँच्ने, सुखपूर्वक नाच्ने तर अरुलाई बाँच्न नदिने एक प्रकारको आत्माहत्या हो । हाम्रो नेपाली संस्कार र संस्कृतिअनुसार आत्मामुग्धताभन्दा खराब व्यहोरा अर्को हुँदैन ।

म सबभन्दा जान्ने, विद्धान र गतिलो छु, म के गरौं, के गरौं । म सबभन्दा योग्य र दक्ष छु, म नाचौं, गाऔँ कि उफ्रौँ, मैले भनेपछि सबैले मान्नुपर्छ । मेरो बोलीमा विधि, विधान र न्याय हुन्छ । मेरो आलोचना गर्नेको सर्वनास हुन्छ । म नियम, कानुन र संविधानमाथि छु । म दोस्रो नम्बरको ईश्वर हुँ । यो आत्माविमुग्धताको प्रयोगशालाबाट निश्रित विनाशकारी सोच हो ।

मेरा हातहरू कसैलाई नमस्कार गर्न बनेका हैनन् र मेरा औला पनि अरूलाई भोट हालेर नेता बनाउन उम्रेका हैनन् । म अरुको सेवा र सहयोग गर्न जन्मेको नभई अरूलाई आफ्नो सेवा गराउन जन्मेको हुँ । यो प्रवृत्तिका मानिसको बेलैमा उपचार हुनुपर्छ । नत्र भने उनीहरू यो ब्रम्हाण्डमा जे जति भएको छ र हुन्छ, त्यो मेरै बुद्धि, विवेक र हातबाट भएको हो भन्न थाल्छ ।

यो सडकदेखि भीडसम्म, सहरदेखि गाउँसम्म र धरतीदेखि आकाशसम्म म नै म हुँ, म नै छु र म मात्र छु, अर्को कोही छैन भन्ने यो रोगीको प्रथम पहिचान हो । आत्मा विमुग्धताग्रस्त व्यक्तिको सोच र कार्यले समाज, विधि र राजनीतिलाई बर्बाद गर्छ ।
बितेका ५÷६ दशकको अध्ययन, विश्लेषणले आत्मा विमुग्धतावादी प्रवृत्ति ह्वात्तै बढेको देखिन्छ । पश्चिमी गोलाद्र्धमा भएको एउटा अध्ययनले ६० को दशकमा रहेको १२ प्रतिशत आत्मा विमुग्धता ९० को दशकमा आइपुग्दा ८० प्रतिशतमा छलाङ मारेको देखाएको छ । यसको कारकतत्वमा अभाव, हीनताबोध, कुण्ठा, इस्र्या, लोभ, बदला, परपीडकतालाई भनिएको छ ।

यो एउटा विकराल समस्याको रुपमा विकसित भइरहेको छ । हाम्रो समाजमा यति घनिभूत प्रभाव नरहे पनि नेतृत्व तहमा रहेका व्यक्तिहरूमा यो नारसिसिजमको प्रभाव देखिन्छ । यस्तो खालको प्रवृत्तिलाई नारसिसिजम पर्सनालिटी डिसअर्डर अर्थात् एनपिडीको बिरामी भनिन्छ । यसको अविलम्ब उपचार हुनुपर्छ ।

परिकल्पना हाम्रा पौराणिक आख्यानहरूमा पनि प्राचुर्यता छ । नारदमुनिको बाँदरमा, एउटा विख्यात राजाको इला नाम गरेकी सुन्दरीमा र अरू पनि थुप्रै कायान्तरणसम्बन्धी प्रसंगहरू छन् ।

काफ्काले ग्रिक माइथलोजीकल काव्यलाई एउटा उत्कृष्ट दन्त्य कथाको रुपमा प्रस्तुत गरेका छन् । उनको कथामा ग्रेगर साम्सा नामक एउटा पात्र छ । मैले यो परिवार धानेको छु, म नभए यो परिवारको कन्तबिजोग हुन्छ र म नै सबैथोक हुँ, सबैले मैले भने बमोजिम चल्नुपर्छ भन्ने आत्माविमुग्धताले लवालव भएको थियो ।

एकदिन कामबाट घर फर्कन्छ । बेलुका खाना परिवारका सबै सदस्यसँगै बसेर खान्छ र उचित समयमा आफ्नो कोठामा सुत्न जान्छ । राति कुनै बेला आफ्नै पलङमा सुतेकै ठाउँमा अचानक एउटा अजंगको किरामा कायान्तरण हुन पुग्छ ।

बिहान सधैँको समयमा छोरो नउठेपछि परिवारका सदस्यहरू खोजी गर्न थाल्छन् । उसको कोठाको ढोका खुल्दैन । सबैजना स्वाभाविक रुपमा चिन्तित हुन्छन् । खाने बेला भइसकेको हुन्छ, उसलाई अफिस जानुपर्छ तर ऊ भने उठ्ने सुरै गर्दैन । कुनै चालचुल छैन । बाबुआमाको व्यग्रता बढ्छ, ढोका ढकढक्याइन्छ– प्रतिक्रिया आउँदैन । अन्तमा ढोका फोरिन्छ । कोठामा रहेको पलङको दृश्यले सबैलाई अवाक् बनाउँछ ।

आफ्नो छोराको साटो पलङमा एउटा भीमकाय किरो पल्टिरहेको हुन्छ । त्यो किरो बिना हलचल सुतिरहन्छ । आँखा हेर्छ, आवाज छैन, प्रतिक्रियाविहीन छ, मुख बाउँछ र खानका लागि आँ आँ गरिरहन्छ ।

बाबुआमा र बहिनीहरू किराबाट साम्साको कायान्तरण फेरि मानिसमै हुन्छ कि भन्ने जिज्ञासु आँखा सोझ्याइरहेका हुन्छन् । जोरीपारि, छरछिमेक सबैका हुन्छन् । उनीहरूको आफ्नो लाभमा भन्दा अरूको हानीमा रमाउने बानी हुन्छ । उनीहरूकै कारण साम्सा काजमा गएको झुठो प्रचार गरिन्छ । कोठा बन्द गरेर राखेको भए पनि खानेखेर खोल्नै पर्ने बाध्यता छ । जति अगम्यता बढ्छ त्यतिनै दिकदारी पनि बढेको छ । यो निष्क्रिय किरालाई कति स्याहार्ने, उसको फोहोर कति सोहोर्ने, धैर्यताको बाँध भत्कन थाल्छ । माया त छोराको न हो, किराको हो र ?

प्रश्न झन् झन् गम्भीर हुँदै जान्छ र अन्ततः सबै वाक्कदिक्क हुन्छन् । खान दिन छाडेर उसको इहलिला समाप्तिको पर्खाइमा सबैजना रहन थाल्छन् र यसरी एक दिन त्यो खन्चुवा किरा अर्थात् कायान्तरणको विभत्र्स अन्त हुन्छ ।

नहुने जति सबै काम गर्ने उद्घोष गर्नु, हुनेमा हातै नहाल्नु र कमिशनको खोजीमा अहोरात्र सिंचाइ गर्न लाग्नु नारसिसिजमको अर्को लक्षण हो । भ्रष्टाचार गर्दिनँ भन्नु र हप्ता असुरलीमा प्यादा खटाउनु साधु बिराले प्रवृत्ति हो ।

पखेरामा पानी जहाज, हवाई चोकमा ग्यासलाइन, खैर कल्पनाको चुच्चे रेल म्याग्दी दौडाउनु केही थप नमूना हुन् । अमेरिकामा ‘डाँफेज’ र ‘गैँडाज्’को ज्ञान बाँड्ने ज्ञानवावालाई आत्मा विमुग्धतावादी नै भन्नुपर्छ । नत्र भने आफ्नो नामलाई चै नेपालीबाट अंग्रेजीकरण किन गरेको होला ? यो प्रवृत्तिका मानिसले आफूबाहेक अरूलाई तृण वा विन्दुमा मात्र देख्छन ।

अर्काको मान मर्दन गर्दा आफ्नो विवेकको स्खलन रसातालतिर झरेको चाल पाउँदैनन् । आफु नेतृत्वमा नभएको बेला गुटै गुटको खेती गर्ने, समानान्तर कमिटी निर्माण गरी अग्रगमनमा भाँजो हाल्ने, अमेरिका जान गोरुगाडा खोज्ने त्यही गोरुवाडा मेटामफोसिज गराएर शिलत निवास सवारी हुने कुरा नारसिसिजमबाहेक के हुन सक्छ ? अरुको काँधमा राखेको बन्दुकले सिकार गर्ने, परी आएको बेला छेउ नपर्ने र फरक मतलाई निषेध गर्ने नारसिसिजम नै हो ।

आफू पाँचतारे होटलमा आवासीय होस्ट हुने, होलीवाइन सुक्र्याउने, एक करोडको पुरस्कार आफैँ थाप्ने र त्यसको अपजस अर्कैको खातामा जम्मा गराउन खोज्नेलाई संस्कृतमा काक चेष्टर भनिन्छ ।

होली वाइनका सहआयोजकलाई १ नम्बरी एमाले बनाएर माननीय सांसद बनाउने काम पनि आत्म विमुग्धतावादीले मात्र गर्न सक्छ । नारसिसिजमको ग्यासलाइटिङ भएपछि मोतीलाल गोयल, एकनाथ ढकालहरूको आगमन र डा. भीम रावल, डा. विन्दा पाण्डे, उषाकिरण तिम्सेनाहरूको बहिर्गमन सुरू हुन्छ । यस्तो हुनुपर्छ, यो समय नारसिसिजमको अन्त्य र मेटामफोसिजको सुरू हो ।

प्रशिद्ध रोमन साहित्यकार ओविडले अगस्टसको शासनकालमा मेटामोफोसिज नामक काब्य रचना गरेका थिए । यो काब्यलाई इशापूर्व १४ औँ शताब्दीतिर लेखिएको मानिन्छ । यो काब्यको भाग तीनमा वर्णित कथालाई प्रशिद्ध साहित्यकार तथा दार्शनिक फ्रान्ज काफ्काले केही परिमार्जनसहित प्रकाशित गरेका थिए । यो दन्त्य कथा पूर्वीय साहित्यमा पनि कायान्तरणको नाममा चर्चित छ ।

कायान्तरणको हाम्रो दन्त्यकथाको वृत्तमा पनि एउटा चरम आत्मा विमुग्धतावादी अभ्युदय भएको छ । उसलाई पनि यो स्तम्भको उपयुक्त अनुच्छेदहरूमा उल्लेख गरिए झै सबैथोक म नै हुँ भन्ने लाग्छ । हाम्रो कथामा पात्रको नारसिसिजम पनि मेटामोफोसिजम मा रुपान्तरित हुने क्रममा देखिन्छ ।

उसको प्राइभेट कम्पनीका केही कारिन्दाहरू खाना जुटाउने काममा संलग्न छन्, जुटाइरहेका छन् । भाटभटेनीबाट भान्साका सामान, गिरीबन्धुको चिया र भुटानी शरणार्थीको सितन आएकै छ । त्यो कायान्तरित प्राणी चाहिएको छ । नेपालको प्रवृत्ति देखिए ३ बाट १३ मा फड्को मारेको विज्ञप्तिरुपी चरण कविता पाठ गर्ने भाट उपियाँहरू रगत आएसम्म चुसिरहने छन् ।

प्रतिक्रिया दिनुहोस्