काठमाडौं, ६ असार ।
उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा भक्तपुरमा सात जना तथा काठमाडौंमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धि विवरण सार्वजनिक गरेको हो । केही दिनअघि भक्तपुरमा प्रहरीलाई समेत संक्रमण देखिएको थियो ।
नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा ३३१ संक्रमितको पहिचान भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये २ सय ८२ पुरुष र महिला ४९ जना छन् । नेपालमा कुल संक्रमितको संख्या ८६०५ पुगेको छ ।