काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा चिनियाँ राष्ट्रपति नजाने भएका छन् । ट्रम्पले यही जनवरी २० अर्थात माघ ७ गते सपथ लिँदैछन् ।
ट्रम्पको सपथग्रहण समारोहमा पहिलोपटक विदेशी नेताहरु पुग्ने भएका छन् । अमेरिकी राष्ट्रपतिय सपथमा यो पहिलोपटक हुन लागेको चलन भनेर अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । तर, सपथग्रहण समारोहमा चीनका राष्ट्रपति सी जिनपिङ नजाने भएका छन् ।
समाचारमा बताइएअनुसार सो समारोहमा चीनका उपराष्ट्रपति हान चङ जाने भएका छन् । बीबीसीले उल्लेख गरेअनुसार सेरोमोनियल कार्यक्रम भएकोले सेरेमोनियल उपराष्ट्रपति चीनले पठाउन लागेको हो ।
यस्तै, भारतका विदेशमन्त्री एस जयशंकर सहभागी हुँदैछन् । भारतीय मिडिया दी हिन्दूका अनुसार भारतबाट विदेशमन्त्री एस. जयशंकर जाने भन्दै जापान र अस्टे«लियाका पनि विदेशमन्त्री जाने भएका छन् ।