फिल्म ‘कुस्मा’मार्फत हिरोइनमा डेब्यू गरेकी श्वेता मिश्र मूलतः मोडल हुन् । ‘कुस्मा’बाट चर्चा बटुल्न सफल भएपनि उनी अहिले मोडलिङमै व्यस्त छिन् । सौदर्य प्रतियोगिता ‘मिस नेपाल कल्चर–२०१६’मा ‘मिस फोटो जेनिक’ उपाधि हात परेपछि मोडलिङमा करिअर सुरु गरेकी श्वेता भन्छिन्, ‘फिल्म कुस्मा’को मेरो कामप्रति एकदमै सकारात्मक प्रतिक्रिया पाएँ, जसले मलाई अझ राम्रो काम गर्ने उत्साह जागेको छ ।’
अहिले म्युजिक भिडियो र विज्ञापन मोडलिङमा व्यस्त रहेकी श्वेताले केही शर्ट फिल्ममा पनि काम गर्दैछिन् । राम्रो प्रोजेक्टको पर्खाइका रहेकी श्वेता अनलाइन व्यापार पनि गर्छिन् । उनको नेपालमै बनेका ब्याग लगायतका सामग्रीको व्यापार छ । यिनै अभिनेत्री तथा विजनेश वुमेन श्वेता मिश्रसँग रेजिना पाण्डेको जम्काभेट :
डेब्यु फिल्म ‘खुस्मा’बाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
फिल्म ‘कुस्मा’मा मेरो एकदमै राम्रो भुमिका थियो । मेरो भूमिकालाई सबैले मन पराइदिनु भयो । यस फिल्मबाट मैले दर्शकबाट एकदमै सकरात्मक प्रतिक्रिया पाएँ । फिल्म हेर्ने दर्शक र फिल्मकर्मीहरुले म र मेरो कामप्रति देखिएको सकारात्मक सोचले मलाई अझै राम्रो काम गर्ने उत्साह जागेको छ ।
अहिले अरु प्रोजेक्ट गर्दै हुनुहुुन्छ कि ?
गरिरहेकी छु । र, केही फिल्ममा अफरहरु आइरहेका छन् । केही फिल्मको स्क्रिप्ट पढ्दैछु । चाँडै भगवानको कृपा रह्यो भने मलाई अर्को फिल्ममा दर्शकले देख्न पाउनु हुनेछ । मेरो केही शर्ट फिल्म आउँदै छ ।
तपाइँ अभिनीत शर्ट फिल्म ‘रसाल’ कहिले प्रदर्शन हुन्छ ?
‘रसाल’ चाँडै आउँदै छ । उक्त फिल्ममा गौरव पहाडी र मेरो मुख्य भुमिका रहेको छ ।
मोडलिङमार्फत फिल्म क्षेत्रमा आउँदा के फरक पाउनुभयो ?
मोडलिङ गरिरहेकै बेला बिचमा पढाइका लागि केही समय ग्याप भएँ । म यो क्षेत्र ६÷७ बर्षदेखि निरन्तर छु । अहिलेसम्म रामै भइरहेको छ । सबैले मेरो कामको प्रशंसा गरिदिनु भएको छ । म खुशी छु । विज्ञापन, म्युजिक भिडयो र फिल्म जे गरेपनि काम उस्तै हो, फरक केही छैन । यि सबै काममा इन्जोई गरिरहको छु ।
तपाइँ निश्चल बस्नेतसँग काम गर्न चाहनुहुन्छ रे, किन ?
हो । यस क्षेत्रमा मलाई मनर्ने व्यक्ति निश्चल बस्नेत हो । उहाँको काम र जेन्टल स्वाभावले मलाई उहाँसँग काम गर्न मन लागेको हो ।
फिल्म क्षेत्रमा एकजना व्यक्तिको यसरी नाम लिँदा असर पर्दैन ?
पर्दैन । किनभने कोही मान्छे राम्रो लाग्छ र उसको काम मनपर्छ भने यसमा अरु कसैले आपत्ति जनाउने भन्ने हुँदैन ।
कलाकारिताबाहेक अरु के गर्नुहुन्छ ?
म अनलाइन व्यापार गर्छु । नेपालमै बनेका विशेषगरी ब्यागहरुको अनलाइन व्यापार गर्छु । नेपालमा रोजगारीको अभाव छ । यस्तो अवस्थामा अनलाइन व्यापारले धेरैलाई रोजगारी दिएको छ । कतिले यहि काम ‘पार्टटाईम’ गरेर पनि अगाडि बढिरहेका छन् ।
ग्ल्यामरस क्षेत्रमा महिलामाथि हिंसा गरिन्छ भन्ने पनि सुनिन्छ । तपाइँ पर्नुभएको छ कि छैन ?
यो क्षेत्रमा आउनुअघि मैले पनि धेरै सुनेको थिएँ । तर, आजसम्म मलाई त्यस्तो कुनै दुर्वव्यवहार भएको छैन । त्यो आफूमा भरपर्ने भएर होला ।
ग्लामरस क्षेत्र तपाइँको रहर हो ?
हो, मेरो सानैदेखि कलाकारिताप्रति रहर र रुचि थियो । त्यही रहरले सानो छँदा हिरोइनहरुको नक्कल गर्थेँ । त्यो देखेर घरपरिवारले यो हिरोइन बन्छे समेत भन्नुहुन्थ्यो । मलाई अरु काममा खाशै रुचि लागेन । मैले सोसल बिषयमा व्याचलर गरेकी छु । अहिले साईकोलोजीमा मास्टर गर्दैछु । तर, ग्लामरस क्षेत्रमै रमाइरहेकी छु ।
ग्ल्यामरस क्षेत्र छोड्नुप¥यो भने के गर्नुहुन्छ ?
त्यो दिन नआओस् भन्न चाहन्छु । तर, भबिष्यको कुरा भन्न सकिन्न । भगवानले मलाई यहाँसम्म पु¥याउनुभएको छ । भोलिका लागि के हुन्छ, कसले देखेको छ र ।
ग्ल्यामरस क्षेत्रको पहिलो कमाइ के गर्नुभयो ?
मैले पहिलो नेविको बिस्कुटको विज्ञापन गरेकी थिएँ । त्यति बेला मैले १० हजार रुपैयाँ पाएकी थिएँ । त्यो सबै बाबालाई दिएँ । पहिलोपटक छोरीको कमाइ पाउँदा बाबा साह्रै खुशी हुनुभएको थियो ।
फेसनप्रति कतिको कन्सस हुनुहुन्छ ?
म मेकअप गर्छु । मलाई फेसेनेवल भएर हिँड्न मनलाग्छ । आफुलाई सुहाउँदिलो मेकअप गर्न मनलाग्छ । किनभने, यसले मान्छेलाई एक्टिभ बनाउँछ जस्तो लाग्छ ।
तपाइँ प्राय कुन डिजाईनरको कपडा लगाउनुहुन्छ ?
मलाई मनपर्ने फेसन डिजाइनर रेश्मा श्रेष्ठ र तेन्जिङ भुटियाको कलेक्शनका पहिरन लगाउने गरेकी छु ।
हिजोको स्वेतामा आज के फरक छ ?
हिजो दिनभन्दा आज धेरै अनुभवहरु बटुलिरहेककी छु । त्यसैले अहिले परिपक्क श्वेता भएको छु ।
भबिष्यको योजना केही छन् कि ?
अहिले खासै केही सोचेकी छैन । यही क्षेत्रमै रमाइरहेकी छु । काम भइरहको छ । हालसम्म कला क्षेत्रमै सन्तुष्ट छु ।