काठमाडौं । एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अधिवेशन २१ फागुनमा दाङको घोराहीमा हुने भएको छ । लुम्बिनी प्रदेश समितिको शनिबार बुटवलमा बसेको विस्तारित बैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो ।
त्यस्तै बैठकमा १२ वटै जिल्लाको पछिल्लो अवस्थाको रिपोर्टिङ, जिल्ला अधिवेशन तथा उपनिर्वाचनको विषयमा समीक्षा गरिएको पार्टीका लुम्बिनी प्रदेश सचिव अशोक कोइरालाले जानकारी दिए ।