काठमाडौं । सरकारले माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी गरेको छ । विपक्षी दलहरूले संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने बताइरहेका बेला सरकारले भने माघ तेस्रो साता अधिवेशन बोलाउने तयारी गरेको हो ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघको १८ वा २० गतेका लागि संसद् अधिवेशन बोलाउन दलहरूबीच सल्लाह भइरहेको बताए ।
यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा बोल्दै अबको १५÷२० दिनमा संसद् अधिवेशन बोलाउने बताएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने प्रचलन छ ।