Logo
Logo

सुप्रिम सहकारी ठगीमा जीबीका २ दाई र श्रीमती पनि प्रतिबादी


882
Shares

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबी राई परिवारका चार जनालाई प्रतिवादी कायम गरिएको छ । सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार जीबी राई परिवारका चार जना सदस्यसहित २२ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो ।

जसमा जीबीसहित उनकी पत्नी भगवती बमजन ‘निशा’, दाजुहरू अनन्तबाबु राई र देवेन्द्रबाबु राईलाई पनि प्रतिवादी कायम गरिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ४५ वर्षीय गितेन्द्रबाबु राई (जीबी) सुप्रिम बचत तथा ऋण सहकारीको पूर्व अध्यक्ष हुन् ।

उनकी पत्नी सिन्धुलीको लदाभीर माइती भएर धापासी बस्ने भगवती बमजन ‘निशा’ स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिको सेयरधनी हुन् । जीबीका दाइ ५० वर्षीय अनन्त बाबु राई र ४७ वर्षीय देवेन्द्रबाबु राईको पनि सहकारीको रकम अपचलनमा संलग्नता देखिएको छ । देवेन्द्रबाबु सुप्रिम बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य हुन् ।

अनन्तबाबु गोर्खा ग्रुप अफ कम्पनी प्रालिको सञ्चालक समिति सदस्य र स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङको सेयर सदस्य हुन् । स्प्रिङ उडमा सुप्रिमको १३ करोड ९८ लाख २२ हजार ६२५ रुपैयाँ गैरकानुनी रूपमा अपचलन भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्