Logo
Logo

स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य


189
Shares

कठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको छ ।

बांगीस्थित युएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रन बनायो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरे ।

नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । यस्तै एम्मी बाल्डी र नायमा शेखले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्