Logo
Logo

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छवि धरौटीमा रिहा


882
Shares

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसअघि, सोही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएको थिए ।

पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए ।

नेपाल सरकारका तर्फबाट ६ जना सरकारी वकिल र जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्