Logo
Logo

ट्रम्पले दिए क्यापिटल हिल दंगामा संलग्न १५ सय जनालाई माफी


1.6k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न झन्डै १५०० जनालाई माफी दिने आदेश जारी गरेका छन् ।

स्थानीय समयानुसार सोमबार राति अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ खाएपछि उनले क्यापिटल हिलमा दंगा र अराजकता मच्चाएको आरोपमा जेलमा रहेका आफ्ना समर्थहरुलाई माफी दिने आदेश जारी गरेका हुन् ।

गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दंगा र अराजकता मच्चाएका थिए । ट्रम्प समर्थकहरूको ठूलो भीड वासिङ्टन डीसी जेल बाहिर आफन्त रिहाइका लागि पर्खिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्