काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ । २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत १द्द गते हुने निर्वाचनका लागि आज सबै प्रदेशमा अनलाइन उम्मेदवारी दर्ताको व्यवस्था गरिएको छ ।
सम्मेलनअन्तर्गतको निर्वाचन समितिका संयोजक मुक्ति प्रधानका अनुसार बिहान ८ बजे सुरु भएको उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म जारी रहनेछ । उम्मेदवारी दर्ता अखिल क्रान्तिकारीको आधिकारिक वेबसाइटमार्फत गर्न सकिने बताइएको छ ।
आज मनोनयन दर्ताको समय सकिनासाथ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतकालिका छ । माघ ९ गते बिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावलीविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने सोही दिन बिहान ११ बजेपछि दाबी विरोधको छानविन र नामावली प्रकाशन गर्ने तालिका छ ।
१० गते बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने सोही दिन दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । माघ १२ गते विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
केन्द्रीय नेतृत्वमा अखिल क्रान्तिकारीले उमेरहद लागू गरेको छ । जसअनुसार ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रुतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।