काठमाडौं । संघीय संसद्अन्तर्गतका चार समितिको बैठक आज बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति, पूर्वाधार विकास समितिको बैठक र विधायन व्यवस्थापन समितिकाो बैठक बस्ने भएको हो ।
कृषि समितिको बैठकमा नेपालमा हिउँदमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल हुने छ ।
त्यस्तै सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार–मूल्य सम्बन्धमा छलफल हुनेछ भने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।
त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ । रास्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ भने अरु समितको बैठक ११ बजे बस्नेछ ।