विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र नेकपा एमालेले चाहेरमात्रै संविधान संशोधन गर्न नुहने बताएका छन् । बुधबार विराटनगरस्थिति कोइराला निवासमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधान भन्नेबित्तिकै कांग्रेस–एमालेको मात्रै नभएकाले सबैलाई समेटेर संशोधन गर्न सकिने बताएका हुन् ।
‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन’ उनले भने, ‘नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’
नेता कोइरालाले संविधान सबैलाई पाच्य हुनुपर्ने बताए । अहिले कांग्रेस–एमालेबीच अलिअलि छलफलमात्रै भएको भन्दै उनले दुई तिहाइ पु¥याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए ।
उनले भने, ‘यो यस्तो डकुमेन्ट हो जो कि सबैलाई पाच्य हुनुपर्छ । अनिमात्रै हुन्छ । दुई तिहाइ बनाएर गर्दिन्छौं भन्नु गलत हुन्छ । कांग्रेस एमालेबीच अलिअलि छलफल भएको छ तर त्यतिले हुँदैन । यो सबैको माझामा जानुपर्छ । अरु दलहरुसित पनि छलफल गर्नुपर्छ ।’