Logo
Logo

अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल


252
Shares

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा सवा १२ बजेदेखि सुरु हुने खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बङ्गलादेश र दोस्रोमा स्कटल्यान्डसँग पराजित भएको हो ।

यसर्थ सुपर सिक्समा स्थान बनाउन नेपालले आज बलियो टोली अष्ट्रेलियालाई हराउनै पर्नेछ । नेपालले महिला क्रिकेटमा अष्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस्