Logo
Logo

राष्ट्र बैंकले आज ९० अर्ब निक्षेप खिच्दै


378
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा ९० अर्ब खिच्दैछ । अधिक तरलता भएपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ९० अर्ब बराबर तरलता खिच्न लागेको हो ।

केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पनि तरलता खिचिरहेको छ । बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज ३० माघमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । राष्ट्र बैंकका अनुसार बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्