Logo
Logo

प्रधानमन्त्री ओली अस्वस्थ, भएको के हो ?


8.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनी अस्वस्थ भएपछि आज (बुधबार)का लागि तय भएको पूर्वनिर्धारित कार्यक्रमहरु रद्द गरिएको छ ।

चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएपछि अत्यावश्यक भेटघाटलगायतका पूर्वनिर्धारित कार्यक्रमहरु रद्द गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोही कारण आज हल चोकमा आयोजना भएको सशस्त्र प्रहरीको २४औँ स्थापना दिवसमा समेत प्रधानमन्त्री सहभागी हुन नसकेको बताइएको छ ।

एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए । राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएपछि अहिले बालुवाटारमै आराम गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्