Logo
Logo

अखिल (क्रान्तिकारी)को अध्यक्षका लागि ६ जनाको उम्मेदवारी


1.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निटक विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । माघ १२ गते हुने निर्वाचनका लागि अध्यक्षमा ६ जनाको नाम मनोनयन भएको हो ।

६ जनामध्ये ४ जनाले प्यानलै बनाएका छन् भने दुई जनाले स्वतन्त्र उम्मेदारी दिएका छन् । उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल र हेमन्त राईले प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

उम्मेदवारहरूलाई पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तीनजना उपमहासचिवहरूको छुट्टाछुट्टै साथ रहेको छ । यादव नारायणकाजी श्रेष्ठनिकट हुन् भने विजय सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल वर्षमान पुन र हेमन्त राई जनार्दन शर्मा निकट मानिन्छन् ।

यस्तै, योगेन्द्र बुढा र विश्वमणि थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपदेश यादव प्यानलबाट महासचिवमा सञ्जिव फुँयालले उम्मेदवारी दिएका छन् । यस्तै, सुदिन पौडेल प्यानलबाट श्याम रोका र हेमन्त राई प्यानलबाट रोशन थापामगर महाचिवका उम्मेदवार छन् । विजय सापकोटा प्यानलबाट महासचिवको उम्मेदवार आज टुंग्याउने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नका लागि मंगलबार आकांक्षीहरूलाई खुमलटार बोलाएर छलफल गरेका थिए । तर, सर्वसम्मत हुने अवस्था नदेखिएपछि उनले चुनावबाटै नेतृत्व चयन गर्न गर्न र हेडक्वार्टरबाट कसैको पक्षधरता नलिने बताएका थिए ।

अखिल क्रान्तिकारीको ३३ पदाधिकारीसहित २४३ सदस्यीय कमिटीका लागि चुनाव हुँदैछ । पदाधिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एकजना कोषाध्यक्ष रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्