काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ ।
मलेसियाको मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।
अस्ट्रेलियाका लागि काओम्ही ब्रेले ४५ रन बनाइन भने लारोसाले ३१ रन र हर्सत गिलले २१ बलमा नटआउट ३० रन बनाइन्। यस्तै इन्सवर्थले ९ बलमा १६ रन बनाइन् ।
बलिङमा नेपालकी कप्तान पूजा महतोले ४ ओभरमा ३ विकेट लिइन् । उनले ३ ओभरभित्र ३ विकेट लिए पनि त्यसपछि अस्ट्रेलियाका ब्याटर चले । यस्तै सीमाना केसीले २ विकेट लिँदा रिया शर्माले १ विकेट हात पारिन् ।
सुपर–६ को समिकरणमा रहन आज अस्ट्रेलियामाथि जित्नैपर्ने दबाबमा नेपाल छ । किनभने यसअघि समूहका दुई खेलमा बंगलादेश र स्कटल्यान्डसँग नेपाल पराजित भएको थियो ।