Logo
Logo

लेखा समितिका सभापतिले राजीनामा नदिए संसद् बहिष्कार गर्ने चेतावनी


3.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलले राजीनामा नदिए संसद् बहिष्कार गर्नेसम्मको चेतावनी प्रतिपक्षी दलका सांसदहरूले दिएका छन् ।

संसदीय पद्धतिमा लेखा समिति सभापति विपक्षी दललाई प्रचलनविपरीत निरन्तर रहेको र सभापति पत्नी सहकारी प्रकरणमा मुछिएको हुँदा राजीनामा मगिएको हो ।

लेखा समिति सदस्य माओवादी सांसद अमनलाल मोदीले भने, ‘प्रधानमन्त्री र लेखा समिति सभापति एकै दलको हुनुहुँदैन भन्ने मान्यता पालना हुनुपर्छ । सभापतिले मार्ग प्रशस्त गर्नुस् भनिरहेका छौँ र भनिरहन्छौँ पनि ।

मोदीले राजीनामा नदिए आउँदो हिउँदे अधिवेशन बहिष्कारसम्म गर्न सक्ने चेतावनी दिए । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

लेखा समितिको बैठकमा पोखरेलको राजीनामाको माग निरन्तर छ । लेखा समितिको बुधबारको बैठकमा सिमेन्ट उत्पादन तथा बजारमूल्यबारे छलफल गर्ने एजेन्डा थियो । तर, राजीनामाको माग माओवादी ‍सांसदहरूले छाडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्