Logo
Logo

डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन


126
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन डढेलाबाट हुने क्षति न्यूनीकरणका निम्ति १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले सुक्खा मौसममा सामुदायिक जंगलहरूमा डढेलोको प्रकोप बढेर गएकाले त्यसको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति कुसुमदेवी थापाले बढ्दो वन डढेलोको कारण मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै वनमा डढेलो लगाउने जो कोहीलाई कानुन बमोजिम कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिइन् ।

समितिले डढेलोसम्बन्धी जनचेतनालाई अझै प्रभावकारी बनाउन नेपाल टेलिकमलाई रिङटोन बजाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ । समितिले प्लास्टिकमुक्त देश बनाई वातावरण स्वच्छता राख्ने सम्बन्धमा आउँदो वैशाखबाट काठमाडौं उपत्यकाबाट सुरु गर्नेगरी आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्