Logo
Logo

चिनियाँ सामानमा शुल्क लगाउने ट्रम्पको चेतावनीले कसैलाई पनि फाइदा गर्दैनः चीन


0
Shares

एजेन्सी । चीनले आफ्नो देशका सामानमा शुल्क लगाउने अमेरिकाको चेतावनीले कसैलाई पनि फाइदा नहुने प्रतिक्रिया दिएको छ ।

अस्तिमात्रै शपथ लिएर कार्यकाल शुभारम्भ गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा तत्कालका लागि १० प्रतिशत शुल्क लगाउने र भविष्यमा शतप्रतिशतसम्म पुर्‍याउनसक्ने बताएका थिए ।

विशेषगरी चिनियाँ विद्युतीय गाडी र विद्युतीय सामग्रीले अमेरिकी उत्पादन छायाँमा परेकाले शुल्क लगाउने ट्रम्पको भनाइ थियो ।

तर चिनियाँ विदेश मन्त्रालयले भने शुल्क लगाउँदैमा वा बढाउँदैमा अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा कसैको जीत नहुने बताएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यदि अमेरिकाले शुल्क लगाएमा चीनले पनि आफ्नो राष्ट्रिय हितको रक्षा गर्न कदम चाल्ने बताए ।

चीनले लागूऔषधको तस्करी रोक्न नसकेको भन्दै ट्रम्प आक्रोशित हुनुभएको छ । चिनियाँ सामानमा थप शुल्क आउँदो फेब्रुअरी १ तारिखदेखि लागू हुने सम्भावना छ । ट्रम्पले क्यानडा र मेक्सिकोका साथै युरोपेली देशहरूमा पनि आयात कर लगाउने धम्की दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्