Logo
Logo

हवल्दारसहित १५ जना प्रहरी कर्मचारी कता गए ?


2.3k
Shares

काठमाडौं । नेपाल प्रहरीको एक हवल्दारसहित १५ जना प्रहरी कर्मचारी २ महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत मंसिरदेखि सम्पर्कविहीन रहेका १५ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै अनुरोध छ ।

आफूखुशी गैरहाजिर रहनेहरूमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्की, जाजरकोटको इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत सहायक हवलदार चेतन महतारा रहेका छन् ।

हवल्दार र सहायक हवल्दार मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमै कार्यरत प्रहरी जवान रूपक साउद असोजदेखि सम्पर्कविहीन रहेको प्रधान कार्यालयले जनाएको छ ।

सम्पर्कविहीन भएकाहरुको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्