Logo
Logo

सन्दीप लामिछानेको सफल शल्यक्रिया, केही दिन अस्पतालमै बस्नुपर्ने


4.2k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको सफल शल्यक्रिया भएको छ । बुधबार काठमाडौंस्थित सिल्भरलाइन हस्पिटलमा उनको हर्नियाको सफल शल्यक्रिया भएको हो ।

अस्पतालका प्रबन्धक डाक्टर अभिषेकराज सिंहले सन्दीपको शल्यक्रिया सफल भएको जानकारी दिएका छन् । उनलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो । पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर बुधबार शल्यक्रिया गराएका हुन् ।

सन्दीप अब ४/५ दिन अस्पतालमै बस्नुपर्ने अस्पतालका प्रवन्धक डा. अभिषेक राज सिंहले बताए । उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् ।

प्रतिक्रिया दिनुहोस्