काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो ।
हिजो १ लाख ६० हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको हो ।