Logo
Logo

काठमाडौंको भंगालबाट चितुवा नियन्त्रण


567
Shares

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ भंगालबाट एक चितुवा नियन्त्तणमा लिइएको छ । वन कार्यालयको टोलीले डार्ट गरेर बिहीबार बिहान चितुवाको उद्धार गरेको हो ।

फाइल फोटो

आज बिहान साढे ८ बजेतिर चितुवा देखिएको सूचना पाएपछि डिभिजन वन कार्यालय काठमाडौंबाट शंकर थापा नेतृत्वको टोली परिचालित भएको थियो । सो टोलीले एकपटक डार्ट गरेर बिहान ११ बजेतिर चितुवा नियन्त्रणमा लिएको वन डिभिजन कार्यालयले जनाएको छ ।

काठमाडौं प्रमुख पुष्पराज बर्तौलाका अनुसार चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर अनुसन्धानको लागि सम्बन्धित निकायमा पठाइएको छ । सो चितुवा शिकारको खोजीमा शहरी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ । भंगाल क्षेत्रमा चितुवाको आवतजावत बढ्दै गएपछि वन विभागले विभिन्न स्थानमा ट्र्यापमा राख्ने गरेको गरेको छ ।

प्रतिक्रिया दिनुहोस्