Logo
Logo

लकडाउनमै सक्रिय भए ठग गिरोह, चन्द्रागिरी र बनेपामा नाटकीय शैलीमा लुटपाट


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ असार ।
लकडाउन खुकुलो भएसँगै ठगी गर्ने गिरोह सक्रिय हुन थालेको छ । सस्तोमा डलर साट्ने भनेर आइतबार दुई ठाउँमा नाटकीय शैलीमा लुटपाट भएको छ ।

चन्द्रागिरी नगरपालिका १५ ढुंगेधाराबाट सोलुखुम्बु सोताङ गाउँपालिका३ घर भई काँडाघारी बस्ने ३२ वर्षीय पुरुषको नगद र सुन ठगी भएको छ । ९८४८९३३२९८ नम्बरको ईमोबाट अपरिचित व्यक्तिले यूएस डलर छ साटी दिन्छु भनि बोलाई नगद ३ लाख ३० हजार रुपैयाँ र डेढ तोला सुन समेत गरी जम्मा ४ लाख ८० हजार रुपैयाँ बराबरको नगद हाल वतन नखुलेका दोर्जे मात्र नाम खुलेको व्यक्ति र अर्का एक पुरुषले उक्त नगद र सुन लिई फरार भएको प्रहरीले जनाएको छ ।

त्यस्तै काभ्रेको बनेपा नगरपालिका ७ तरकारी बजारबाट काठमाडौं कीर्तिपुर नगरपालिका ६ बस्ने ३३ वर्षीय पुरुषको नगद ८ लाख रुपैयाँ आइतबार दिउँसो ठगी भएको छ । निजी गाडीमा उक्त रकम बोकेर काठमाडौंबाट बनेपा आई बिकास लामा भन्ने व्यक्तिसँग भेटी निजसँग साथमा रहेको डलर भनी कापीको पाना दिई अलि पर गएर हेर्नु भनि महर्जनसँग भएको रकम लिई फरार रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्