Logo
Logo

यो सरकार दिन गनेर बस्दैन : अर्थमन्त्री


567
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओली नेतृत्व सरकार दिन गनेर नबस्ने बताएका छन् ।

विहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको भन्दै सरकार दिन गनेर नबस्ने बताएका हुन् । ।

उनले अघि भने, ‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ । निराशालाई आशामा बदल्नेछ । देश छोडेर जाने वातावरण हटाउन खोजिरका छौं । हाम्रो मुलुकको अर्थतन्त्र दबाबमा रहँदै आएको छ । यस दबाबलाई चिर्दै अगाडि बढिरहेका छौं । अझै सुधारका काम अगाडि बढाउँछौं ।’

मन्त्री पौडेलले संकट र चुनौतीहरूलाई पार गर्दै बैंक यहाँसम्म आइपुगेको बताए । आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत उनले निर्देशन समेत दिए । बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न समेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्