Logo
Logo

८४ मा बहुमत दिनुभयो भने भ्रष्टाचारीको जरो उखालेर फ्याँकिदिन्छौं : प्रचण्ड


1.6k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८४ मा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने दावी गरेका छन् ।

बिहीबार खजुरा गाउँपालिका बाँकेको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ६४ मा जस्तै आगामी निर्वाचनमा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने दावी गरेका हुन् ।

उनले अहिले भ्रष्टाचारीहरुको सीट धेरै, भ्रष्टाचारका विरुद्ध लड्नेहरुको सीट थोरै भएको कारणले आफूलाई सरकारबाट असंवैधानिक ढंगले हटाएको भन्दै भने, ‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नु छ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ ।’

प्रचण्डले गठबन्धन सरकार अवैध भएकाले सरकारमा बसिरहन नहुने बताएका छन् । ओली सरकार अपारदर्शी, असंवैधानिक भ्रष्टहरूको सरकार भएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्