Logo
Logo

प्रवीण बराल: इनड्राइभ चलाउने, महिलाहरू फसाउने


1.9k
Shares

काठमाडौँ । यात्रुसँग मनलाग्दी भाडा असुल्ने र आफ्नै चालक लुटिँदा पनि रमिते बन्ने आरोप खेपिरहेको राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभको अर्को एक गम्भीर घटना सार्वजनिक भएको छ ।

मुग्लिनबाट काठमाडौँ आउनका लागि इन्ड्राइभ बुक गरेकी एक महिला यात्रुलाई चालकले बिच बाटोमा एकान्तमा बस्न र त्यसबापत भाडा नलिन गरेको प्रस्ताव सार्वजनिक भएको हो । 

एन्जिला खनाल नाम गरेकी एक युवतीले आफूमाथि अमर्यादित प्रस्ताव गरिएको भन्दै न्यायको माग गरेका छन् ।  ‘मुग्लिनबाट काठमाडौँ आउन बुक गरिएको उक्त प्लेटफर्मको चालकले एक घण्टा बसौँ न ल बरु पैसा लिन्न भन्दै अनुचित प्रस्ताव गरेको’ उनले बताएका छन् । 

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश राख्दै गर्दै खनालले आफूले सो घटनापछि तत्काल इन्ड्राइभबाट सुरक्षाको प्रत्याभूति नपाएको बताएका छन् । 

टिकटकमा अपलोड गरिएको १० मिनेट लामो भिडियोमा उनले आफूले इन्ड्राइभ चालकबाट भोगेको दुर्व्यवहार खुलासा गरेका छन् । 

उनका अनुसार माघ २ गते उनी आफ्नी बहिनीसहित चितवनबाट काठमाडौँ फर्किँदै थिए ।  मुग्लिन बजार आइपुग्दा उनीहरू चढेको गाडी बिग्रियो । 

गाडी मर्मत गर्न कति समय लाग्छ भन्ने टुङ्गो नलागेको र साँझ परेपछि विकल्प खोज्ने क्रममा उनले इन्ड्राइभले अहिले सुरु गरेको सिटी टु सिटी सेवा लिन एपको प्रयोग गरिन् । 

उनले भनेका छन्  ‘अहिले इन्ड्राइभले नेपालका सेलिब्रेटिहरु प्रयोग गरि प्रमोसन गरिरहेको छ । त्यसैले उनले १२ वर्षको बच्चा पनि साथमा भएकाले इन्ड्राइभ नै उपयुक्त विकल्प लाग्यो आपत्‌ पर्दा सबैभन्दा पहिला इन्ड्राइभ नै सम्झिएकी थिएँ । ’ 

खनालका अनुसार उनले इन्ड्राइभको सिटी टु सिटी सेवाका लागि राइड बुक गरिन् । उनको रिक्वेस्ट गरेपछि राइडरले स्वीकार गरेर उनलाई इन्ड्राइभकै सिस्टमबाट फोन गरे ।

यो सिस्टममा राइडरको नाम फोन नम्बर आउँदैन तर राइडरको कल आउँछ । सोही अनुसार उनलाई ती राइडरले कल गरे र आफू नारायणगढ भएपनि काठमाडौँ जानुपर्ने भन्दै यात्रुले प्रस्ताव गरेको भाडामामा ५ सय रुपैयाँ थप गर्न अनुरोध गरे । 

उनले आफूले प्रस्ताव गरेको भाडा नै अन्तिम भएको बताए । चालकले आफूलाई मुग्लीन आउन ४०/४५ मिनेट लाग्ने भन्दै जाने नजाने २ मिनेटमा खबर गर्ने भन्दै नम्बर मागे र ह्वाट्एसपमा खबर गर्ने बताए । फोनमै उनले २ जना मात्रै हुनुहुने रहेछ म लैजान्छु भन्दै स्वीकार पनि गरे । र फोन राखे । 

उनले चालकलाई पर्खिरहेका थिए । लगत्तै चालकले ह्वाट्एसपमा म्यासेज गरे । जुन मेसेज हेर्दा एन्जिला झसङ्ग भए । राइडरले भाडा बढाउन मेसेज गरेको होला भनेर म्यासेज हेरिन् तर म्यासेज उनले सोचे जस्तो थिएन । ती चालकले उनलाई खराब  नियत राखेर म्यासेज गरेका थिए । 

चाकलले ‘म एउटा कुरा सोधम नरिसाउनुस ल ? ’ भन्दै म्यासेज पठाउँछन् । यात्रुले ‘भन्नुस्’ भन्छिन् । 

फेरी चाकलले ‘हुन्छ कि नाई ?’ भन्ने म्यासेज गर्छन् । यात्रुले ‘के भन्नु भएको हो दाइ मैले बुझिन’ भन्ने जवाफ दिन्छिन् । 

त्यसपछि चालकले ‘बाटोमा एक घण्टा बसम न ल, बरु पैसा लिदिनँ हुन्छ ?’ भन्दै म्यासेज गर्छन् । त्यस लगत्तै यात्रुले ‘के गर्नुभएको दाइ ? भयो छोड्दिनु हजुर नआउनु’ भन्ने जवाफ दिन्छिन्। 

फेरी ती चालकले ‘किन ?’ भन्दै उल्टै प्रश्न गर्छन् । ‘यात्रुले लाज लाग्दैन, के भन्न खोजेको भन्दै ह्यारसर अर्थात् पीडक भन्दै म्यासेज फर्काउँछन् । साथै ‘कम्पेल्न गर्दीम ? के सोचेर भन्नुभएको यो ? ’ भन्दै म्यासेज गर्छन् । 

चालकको  ‘मन मिल्यो भने’ भन्दै म्यासेज गर्छन् । त्यसपछि यात्रुले ‘तपाईँले सोचेको जस्तो मान्छे होइन म’ भन्दै ब्लक गर्छिन् ।

यो घटनापछि उनले टिकटकमा लामो भिडियो राख्दै राइड शेयरीङमा हुने असुरक्षादेखि इन्ड्राइभरको भौतिक कार्यालय तथा सम्पर्क विवरण नराखिएकोमा ध्यानाकर्षण भएको बताएका छन् । 

 ‘यत्ति ठूलो समस्यामा मैले तत्काल सम्पर्क गर्न सकिन, उनले भनेका छन्,  ‘यदि ती चालकले ह्वाट्सएपमा मेसेज नगरी आफू र बहिनिलाई रिसिभ गरेर मुग्लिनबाट काठमाडौँ अँध्यारोमा केही गरेको भए त्यो परिस्थिति कस्तो हुन्थ्यो ? म कहाँ हुन्थे, मेरो बहिनी कहाँ हुन्थ्यो ? त्यो अवस्था नसोचेको हुन्थ्यो ?’

साथै उनले आफूले गुनासो गर्न खोज्दा इन्ड्राइभको भौतिक कार्यालय र सम्पर्क नम्बर नभेटेको बताएका छन् । 

उक्त इनड्राइभर चालक हुन्–  चितवनको नारायणी नगरपालिका वडा नम्बर–४ घर भएका प्रवीण बराल । उनी माघ ८ मा पक्राउ परेका थिए । 

बरालले त्यसअघि पनि अन्य महिलाहरूलाई विभिन्न बहाना बनाएर यौन प्रस्ताव राख्ने र ठग्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ५ वर्षअघि म्युजिक भिडियो खेलेका बरालले सो भिडियो देखाएर महिला ग्राहकहरूलाई ‘मोडल बनाउँछु’ भन्ने गरेको समेत देखिएको प्रहरीले जनाएको छ । 

इनड्राइभमार्फत यात्रा गर्न खोज्नेहरूसँग उनले सुरुमै रकम लिएर ब्लकसमेत गर्ने गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘कतिपय यात्रुसँग उनले १ हजारभन्दा माथिको भाडा रकम लिएर सम्पर्कविहीन हुने गरेको देखिन्छ ।’

अनलाइन आग्रह स्विकार्नासाथ उनले अनलाइनमार्फत रकम पठाइदिन आग्रह गर्ने र रकम आफ्नो खातामा आएपछि ब्लक गरेर सम्पर्कविहीन हुने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्