Logo
Logo

काठमाडौंका ६० प्रतिशत सवारी प्रदूषित


189
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारीसधान प्रदूषण परीक्षण गर्दा ६० प्रतिशत प्रदूषित भेटिएको छ ।

महानगरले २ सय ९२ वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १ सय ७४ अर्थात् ६० प्रतिशत प्रदूषण फेल भएका भेटिएका हुन् ।

तीमध्ये पेट्रोलबाट चल्ने ७१ सवारी जाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २ सय २१ मध्ये १ सय ६० फेल छन् ।

सवारीसाधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन महानगरले परीक्षण गरिरहेको छ । यस क्रममा फेल भएका सवारीलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्