Logo
Logo

अखिल क्रान्तिकारीमा फेरी विवाद : उम्मेदवारी दर्ता एउटामा, नामावली प्रकाशन अर्कैमा


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नयाँ कार्यसमिति चयन प्रकिया विवादित बनेको छ । आसन्न २३ औँ राष्ट्रिय सम्मेलनको लागि भएको मनोनयनमा महासचिवको उम्मेदवारलाई उपाध्यक्षमा रूपान्तरण गरिएको भन्दै विवाद भएको हो ।

अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयन गर्नका लागि अनलाइनमार्फत् उम्मेदवारी दर्ता माघ ८ गतेदेखि सुरु गरिएको थियो । जसमा रोशन खड्काले महासचिव पदमा उम्मेवदारी दिएका थिए । उम्मेदवारको प्रारम्भिक नामावलीमा उम्मेदवार रहेका खड्काको नाम अन्तिम नामावलीमा खुला उपाध्यक्षमा समावेश गरेपछि विवाद सुरु भएको हो ।

पार्टी उपमहासचिव शक्ति बस्नेतले पदको दुरुपयोग गरी उम्मेदवार हेरफेर गराएको अर्का उपमहासचिव जनार्दन शर्मा निकट विद्यार्थीहरूको आरोप छ । निवर्तमान उपाध्यक्ष मदन भट्टराईले निर्वाचनलाई नै बदनाम गर्ने गरी गुटगत स्वार्थमा उम्मेदवारहरूको हेरफेर भएको बताए । यो निर्णयप्रति आपत्ति प्रकट गर्दै गलत निर्णय यथाशीघ्र सच्याउन उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्