काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार बढेर एक लाख ६० हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी पाँच रुपैयाँ बढेर एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।